समाचार

ओमान सरकारमा दर्ता भएको संस्था एनआरएन सोसल क्लब को अध्यक्षमा सुरेश खड्का


Logo
Prawash Tv
२१ फागुन, २०८१
ओमान सरकारमा दर्ता भएको संस्था एनआरएन सोसल क्लब को अध्यक्षमा सुरेश खड्का

ओमान सरकारमा दर्ता भएको संस्था एनआरएन सोसल क्लब को अध्यक्षमा सुरेश खड्का हुनु भएको छ ।

शुक्रबार २८ फ्रेबुअरीका दिन मस्कटमा आयोजित ८ औँ अबिधेसन कार्यक्रमले सुरेश खड्काको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेको हो । उक्त अधिबेसनले उपाध्यक्षमा रबिन शिल्पकार, लक्ष्मी प्रसाद कोईराला,गोपाल कुवर र सुवास काफ्ले, महासचिबमा बिनोद श्रेष्ठ,सचिबमा कासीराम सुनार,केशब थापा,डा।कमल अर्याल र बिनोद दास, कासाध्यक्षमा गिता देबि धिताल, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा राजेश महर्जन, महिला सम्योजकमा मिरा नेपाली, युवा संयोजकमा सुरज चित्रकार चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । चयन गरेको छ

यस्तै सदस्यहरुमा डा अनिल कुमार रजक, शुवास पाठक, डा सहदेव बिडारि, डा सङ्दु शेर्पा, श्याम भट्टराई, प्रीयंका काफ्ले खतिवडा, देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशील कुमार शाह, धन बहादुर शिवा र नन्दलाल खनाल चयन भएका छन ।

एनआरएनए ओमान, स्थानीय प्रशाशनमा दर्ता भएकाले ओमान सरकारको नियमअनुसार हरेक दुई बर्षमा ९जनवरीदेखि मार्च भित्र० अधिवेशन गर्नुपर्ने वाध्यकारी कानुनी ब्यबस्थाका कारण संसारभरका अन्य एनआरएनए एनसीसीहरुमा सबैभन्दा पहिला ओमान एनसीसीको अधिवेशन हुँदै आएको छ । सन २००९ मा स्थापना भएको एन आर एन ओमानले ओमानको मन्त्रालयबाट फेब्रुअरी २०१७ मा एन आर एन सोसल क्लबको मान्यता पाएको थियो ।

एनआरएन सोसल क्लब ओमानको महधिवेशनका लागि तोलाकान्त भट्टराईको संयोजकत्वमा पुर्व अध्यक्षहरु दिपक श्रेष्ठ, हालको संरक्षक तथा मानार्थ सदस्य एन आर एन ए० र सेवन्त पुर्जा पुन,हालको प्रमुख संयोजक, सदस्य रहने गरी निर्वाचन समिती बनाइएको थियो ।

ओमानका लागि नेपाली राजदुत महामहिम डोरनाथ अर्यालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा एनआरएनए आइसीसीका पुर्वउपाध्यक्ष समेत रहेका एनआरएन अभियान्ता तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य डिबि क्षेत्री तथा ओमान स्थित नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बिशेष अतिथी डिबि क्षेत्रीले सपथ ग्रहण गराएका थिए ।

प्रमुख अतिथी समेत रहेका राजदुत अर्यालले एनआरएन सोसल क्लबले गरेका कामहरुको प्रशंशा गर्दै क्लबसँग सहकार्य गरेर दूतावासले गरेका कामहरुको पनि चर्चा गरेका थिए । यस्तै उनले क्लबको नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा दूतावासले गर्न सक्ने सहयोगको लागि दूतावास सधै तयार रहेको बताए ।

अध्यक्ष सुरेश खड्काले सबैको अपार माया, विश्वास, समर्थन र हौसलाले आज यो जिम्मेवारी प्राप्त गरेको र यस जीम्मेवारीबाट कहिलै पछि नहट्ने प्रण गर्नु भयो ।



सम्बन्धित खबर

सम्पर्क

Chabahil Chowk Kathmandu , Kathmandu, Nepal

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ९१७/३७-४७०

Editor-in-Chief: Basanta Nepal

Chairman:

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka