समाचार

दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित


Logo
Prawash Tv
०७ फागुन, २०८१
दक्षिण कोरियाबाट ४ जना नेपाली निष्काशित

काठमाडौं | दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन गरिएको छ।

कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।

अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थर भएका नेपाली रहेका छन्। उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्। दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्।

इपीएसबाहेक पनि आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जान दलालको प्रलोभनमा परेर धेरै नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दुई महिनाको अवधिमा दक्षिण कोरियाले १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको छ। 



सम्बन्धित खबर

सम्पर्क

Chabahil Chowk Kathmandu , Kathmandu, Nepal

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ९१७/३७-४७०

Editor-in-Chief: Basanta Nepal

Chairman:

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka