यूएईमा प्याकिङ र क्लिनरका लागि १०४ रोजगारी खुला, सेवा शुल्क शून्य
काठमाडौँ । United Arab Emirates (यूएई) मा नेपाली कामदारका लागि ठूलो संख्यामा रोजगारीको अवसर खुलाइएको छ। EAGLE MANPOWER CONSULTANT PVT. LTD. मार्फत Farnek Manpower Supply Services ले कुल १०४ जना कामदार माग गरेको हो।
यस अन्तर्गत Packing & Packaging Worker (पुरुष) र Indoor Cleaner (महिला) पदमा भर्ती खुलाइएको छ। प्याकिङ तथा प्याकेजिङ वर्कर पदका लागि १०० जना पुरुष आवश्यक रहेको छ भने इनडोर क्लिनर पदमा ४ जना महिला माग गरिएको छ।
चयन हुने कामदारले मासिक नेरु ३८,९८० देखि ४६,७७६ सम्म तलब पाउनेछन्। करार अवधि २ वर्षको हुनेछ। कामदारका लागि भिसा टिकट, खाना र बसोबास निःशुल्क उपलब्ध गराइनेछ। साथै सेवा शुल्क शून्य (Rs. 0) तोकिएको छ।
न्यूनतम शैक्षिक योग्यता SLC भन्दा कम भए पनि आवेदन दिन सकिनेछ। पदअनुसार अनुभव आवश्यक पर्ने जनाइएको छ। नेपालमै प्रि–मेडिकल गरिनेछ भने रोजगार बीमा रोजगारदाताले उपलब्ध गराउनेछ।
रोजगारीका लागि इच्छुक व्यक्तिले अंग्रेजीमा सामान्य संवाद गर्न सक्ने, निर्देशन पालना गर्न सक्ने, टिमवर्कमा सकारात्मक र मैत्री स्वभावको हुनुपर्ने सर्त राखिएको छ। आवेदन अवधि सीमित भएकाले चाँडो सम्पर्क गर्न आग्रह गरिएको छ।