समाचार

इजरायलमा तिहार विशेष सांस्कृतिक साँझ हुँदै, आस्था राउत, रमेशराज भट्टराई र सुरक्षा सेन्चुरीको बेजोड प्रस्तुति रहने


Logo
Prawash Tv
१५ कात्तिक, २०८३
इजरायलमा तिहार विशेष सांस्कृतिक साँझ हुँदै, आस्था राउत, रमेशराज भट्टराई र सुरक्षा सेन्चुरीको बेजोड प्रस्तुति रहने

इजरायलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (NRNA) इजरायल राष्ट्रिय समन्वय परिषद्ले तिहार विशेष सांस्कृतिक साँझ २०२६ आयोजना गर्ने भएको छ।

आगामी नोभेम्बर १३ अर्थात् कात्तिक २७ गते शुक्रबार इजरायलको तेल अभिवमा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका आस्था राउतको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

त्यसैगरी गायक रमेशराज भट्टराई र गायिका सुरक्षा सेन्चुरीको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। स्थानीय नेपाली कलाकारहरूको मनमोहक प्रस्तुति, गीतसंगीत र सांस्कृतिक कार्यक्रमले तिहारको उल्लासलाई थप विशेष बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली गीतसंगीत, कला र संस्कृतिको संगमसँगै विदेशमा रहेर पनि नेपाली चाडपर्वको मौलिकता र आत्मीयतालाई जोगाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

कार्यक्रम नोभेम्बर १३ मा बेलुका ८ बजेदेखि राति २ बजेसम्म तेल अभिवस्थित हगाना १३५ मा आयोजना हुनेछ। कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क २०० सेकेल तोकिएको छ।

अब कार्यक्रम हुन १३ दिन मात्रै बाँकी रहेकाले इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई सांगीतिक माहोलमा रमाउन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

नेपालबाट पाल्नुहुने गायिका आस्था राउतको सुमधुर स्वर, अन्य चर्चित कलाकारहरूको प्रस्तुति र स्थानीय कलाकारहरूको मनमोहक अभिनयले यस वर्षको तिहारलाई इजरायलमा अझै विशेष र अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka