समाचार

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि भुटानी समाज नेदरल्यान्ड्सद्वारा ३ लाख ७१ हजार रुपैयाँभन्दा बढी सहयोग


Logo
Prawash Tv
२७ असोज, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि भुटानी समाज नेदरल्यान्ड्सद्वारा ३ लाख ७१ हजार रुपैयाँभन्दा बढी सहयोग

काठमाडौं । भाद्र १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नेपालीहरूलाई सहयोग गर्न भुटानी समाज नेदरल्यान्ड्स (BCN) ले २ हजार ४२८ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३ लाख ७१ हजार ७२८ रुपैयाँ ८० पैसा सहयोग गरेको छ।

समाजले उक्त रकम २१ सेप्टेम्बर २०२६ मा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।

सहयोग रकम जम्मा गरिएको आधिकारिक प्रमाण नेपाल सरकारसमक्ष पुर्‍याउने उद्देश्यले BCN का अध्यक्ष गोपाल गुरुङले उक्त प्रमाण गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सका अध्यक्ष विष्णु पोखरेललाई हस्तान्तरण गरेका छन्।

वर्षौंअघि नेपालले भुटानी समुदायलाई आश्रय, सुरक्षा र मानवीय सहयोग प्रदान गरेको स्मरण गर्दै नेपाल प्राकृतिक विपत्तिको पीडामा रहेका बेला मानवीय सहयोग गरिएको BCN ले जनाएको छ।

यसै अवसरमा अध्यक्ष गुरुङले नेपालका विभिन्न शिविरमा रहेका भुटानी शरणार्थीहरूको दीर्घकालीन र सम्मानजनक समाधानका लागि पहल गर्न पनि आग्रह गरेका छन्। तेस्रो मुलुकमा पुनर्स्थापना हुन चाहने तथा आफ्नो जन्मभूमि फर्किन चाहने शरणार्थीहरूका लागि सम्मानजनक वातावरण निर्माण गर्न NRNA नेदरल्यान्ड्समार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन उनले अनुरोध गरेका हुन्।

यस सहयोगले नेपाली तथा भुटानी समुदायबीचको आत्मीयता, मानवीयता र पारस्परिक सम्मानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै NRNA राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सले भुटानी समाज नेदरल्यान्ड्सप्रति आभार व्यक्त गरेको छ।

May be an image of ticket stub and text



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka