समाचार

मेडिकलमा ३४ परीक्षण, प्याकेजको मूल्य साढे ९ हजार


Logo
Prawash Tv
०८ असार, २०८२
मेडिकलमा ३४ परीक्षण, प्याकेजको मूल्य साढे ९ हजार

सरकारले वैदेशिक रोजगारीमा जानेका हकमा ३४ प्रकारका परीक्षण अनिवार्य गर्दै प्याकेजको मूल्य तोकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ८ चैतको निर्णयले उक्त प्योकेजको मूल्य तोकेको हो ।

वैदेशिक रोजगारीमा जाने कामको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदन र वैदेशिक रोजगार नियमावली बमोजिम विशेषज्ञ समितिको २ माघ २०८१ को सिफारिसका आधारमा नयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको छ ।

यसअघि मलेसिया र अन्य देशका हकमा मेडिकल शुल्क छुट्टाछुट्टै थियो । अब सबै प्रकारका स्वास्थ्य परीक्षण शुल्क प्याकेजमा तोक्ने निर्णय गरिएको हो ।

‘स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन सूचीमा उल्लेख ३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ,’ मन्त्रालयको निर्णयमा छ, ‘स्वास्थ्य परीक्षण सेवा दस्तुर निर्धारण गर्दा नेपाल सरकारले तोकेको शुल्कलाई आधार मानी वैदेशिक रोजगारीमा जाने कामदारलाई सहुलियत हुने गरी सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।’

यसको कार्यान्वयनका लागि सूचीकृत स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार सूचना प्रकाशन भएको मितिले दुई महिनाभित्र तयार गरी मन्त्रालयबाट निरीक्षण समेत गराउनुपर्ने भएको छ ।

कार्यविधि बमोजिम पूर्वाधार तयार नगर्ने स्वास्थ्य परीक्षण संस्थाको सूचीकरण तथा नवीकरण खारेज हुने भएको छ ।

स्वास्थ्य परीक्षण कार्यलाई विद्युतीय प्रणालीमा लैजाने गरी आवश्यक तयारी गर्न विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार पार्ने व्यवस्था मिलाइको समेत मन्त्रालयको भनाइ छ ।

अब सूचनामा तोकिए बमोजिमका परीक्षण सम्पन्न गरी आवश्यक कागजात वैदेशिक रोजगार विभागमा अपलोड गरेपछि मात्र वैदेशिक रोजगारीमा जाने कामदारको अन्तिम स्वीकृति आउने भएको छ ।

यसका साथै मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्वास्थ्य सचेतना वृद्धि गर्ने गरी पूर्वप्रस्थान तालिमको पाठ्यक्रममा स्वास्थ्य सम्बन्धी थप विषय समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरिएको समेत जानकारी दिएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka