अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनको इन्चार्जमा केशवराज कँडेल, अध्यक्षमा सूर्यप्रसाद सापकोटा
स्पेनमा अन्तर्राष्ट्रिय नेपाली मञ्चको नयाँ कार्यसमिति गठन गरिएको छ। मञ्चको अधिवेशनले केशवराज कँडेललाई इन्चार्ज तथा सूर्यप्रसाद सापकोटालाई अध्यक्ष चयन गरेको हो।
अधिवेशनबाट मञ्चको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै कार्यसमिति गठन गरिएको जनाइएको छ। कार्यक्रममा नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन ‘अनन्त’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

अधिवेशनमा स्पेनमा रहेका नेपाली समुदायको संगठनात्मक गतिविधि, आपसी एकता तथा आगामी कार्यदिशाका विषयमा समेत छलफल भएको जनाइएको छ।
Euro Pati