समाचार

आर्जु राणाद्वारा लिइयो इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी


Logo
Prawash Tv
०३ असार, २०८२
आर्जु राणाद्वारा लिइयो इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छन् ।

परराष्ट्र मन्त्रालयमा आज मन्त्री डा राणालाई राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व तथा त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् ।

त्यस अवसरमा मन्त्री डा राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् । राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराए ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर इजरायल र इरानमा रहेका नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।

मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा उल्लेख छ ।




सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka