समाचार

भित्रियो अरबौँ रेमिट्यान्स


Logo
Prawash Tv
३० जेठ, २०८२
भित्रियो अरबौँ रेमिट्यान्स

नेपालमा एकै महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८१८२ को वैशाख महिनामा मात्रै विप्रेषण (रेमिट्यान्स) आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ।

यो अहिलेसम्मकै सबैभन्दा धेरै एक महिनामा भित्रिएको रकम हो। यससँगै चालु आर्थिक वर्षको पहिलो १० महिनामा कूल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ ।३ प्रतिशतले बढी हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १६ ।९ प्रतिशत रहेको थियो।

गत वर्ष वैशाख महिनामा भित्रिएको रेमिट्यान्स १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा हेर्दा, विप्रेषण आप्रवाह १० ।५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको थियो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka