समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी


Logo
Prawash Tv
२९ चैत, २०८२
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ९० हजार ठगी

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रु ९१ लाख ९० हजार ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुल्गेरिया पठाइदिने भन्दै रकम असुल गरेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको झुटो आश्वासन दिएर ठूलो रकम ठगी गरेका थिए।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka