समाचार

कम्बोडिबाट ८ नेपालीको उद्धार


Logo
Prawash Tv
१९ चैत, २०८२
कम्बोडिबाट ८ नेपालीको उद्धार

कम्बोडियामा अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा फसेका थप ८ नेपालीको उद्धार गरिएको छ।

बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)को समन्वयमा उद्धार गरिएका ती नेपाली आज स्वदेश फर्किएका हुन्।

दूतावासका अनुसार आकर्षक तलबको प्रलोभनमा भिजिट भिसामा कम्बोडिया पुगेका धेरै नेपाली पछिल्ला वर्षहरूमा बन्धक बन्ने, राहदानी जफत गरिने र अनलाइन ठगीमा काम गर्न बाध्य बनाइने घटनाहरू बढिरहेका छन्। दूतावासले समस्यामा परेका कैयन् नेपालीलाई यसअघि पनि उद्धार गरी स्वदेश फर्काइसकेको जनाएको छ।

दूतावासले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२१ मा १०१ नेपाली मात्र कम्बोडिया पुगेका थिए, तर सन् २०२५ मा यो संख्या ९,६७६ मा पुगेको छ—यो वृद्धि ‘चिन्ताजनक’ स्तरमा पुगेको दूतावासको भनाइ छ।

स्क्यामिङ केन्द्रहरूले कामदारको राहदानी जफत गर्ने गुनासो तीव्र भएपछि दूतावासले अलपत्र परेकालाई निःशुल्क एकतर्फी यात्रा अनुमति–पत्र (Travel Document) जारी गर्ने व्यवस्था मिलाएको छ।

दूतावासले कम्बोडियामा बन्धक परेका, भिसा अवधि सकिएका वा समस्या परेकाहरूलाई तत्काल दूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।

नेपाल सरकारले पनि वैदेशिक रोजगारीका लागि कानुनी प्रक्रिया मात्र अपनाउन, तथा छिटो पैसा कमाइ दिने प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डजस्ता मुलुकमा नजान चेतावनी दिएको छ।

नेपाली दूतावास बैंककले यो सन्देशलाई नागरिक समाज, सञ्चार माध्यम तथा समुदायमार्फत व्यापक रूपमा फैलाएर सहयोग गर्न अपील गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka