समाचार

क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा


Logo
Prawash Tv
०५ असोज, २०८२
क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा

बहुराष्ट्रिय कम्पनी क्यारेफोरले कुवेत र बहराइनबाट बाहिरिने घोषणा गरेको छ। उक्त कम्पनीमा तल्लोदेखि माथिल्लो तहसम्म उल्लेख्य संख्यामा नेपाली कार्यरत रहेका छन्।

ग्राहकहरूलाई सम्बोधन गर्दै जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा कम्पनीले बहराइन र कुवेतस्थित आफ्ना स्टोरहरू क्रमशः सेप्टेम्बर १४सेप्टेम्बर १६ देखि बन्द हुने जानकारी दिएको छ।

यसअघि कम्पनीले नोभेम्बर २०२४ मा जोर्डनमाजनवरी २०२५ मा ओमानमा आफ्ना सुपरमार्केट बन्द गरी हाइपरम्याक्स सञ्चालनमा ल्याइसकेको छ।

बहराइन र कुवेतमा पनि यस्तै नयाँ ब्रान्ड हाइपरम्याक्स सुरु हुने अपेक्षा गरिएको छ।

सन् १९९५ देखि मध्यपूर्व, अफ्रिका र एसियाका १२ देशमा क्यारेफोर ब्रान्ड सञ्चालन गर्ने विशेष अधिकार प्राप्त माजिद अल फुतैमले २०२४ मा निश्चित देशहरूबाट क्यारेफोर हटाउँदै हाइपरम्याक्स ब्रान्डको सुरुवात गरेको हो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka