क्यारेफोर कम्पनी विस्थापित हुँदा नेपाली कामदारलाई असर
सन् १९९५ देखि मध्यपूर्व र उत्तर अफ्रिकामा उच्चस्तरीय सुपरमार्केट सञ्चालन गर्दै आएको क्यारेफोरले केही दिनअघि मात्र कुवेत र बहराइनबाट फिर्ता भएको घोषणा गरेको थियो।
क्यारेफोरका सट्टा अहिले हाइपरम्याक्स नामक नयाँ स्वदेशी किराना ब्रान्ड सञ्चालनमा ल्याइएको छ। तर, युएईमा भने क्यारेफोर ब्रान्ड निरन्तर रहने उल्लेख गरिएको छ।
आकर्षक तलब–सुविधा भएको क्यारेफोरमा तल्ला पददेखि व्यवस्थापन तहसम्म धेरै नेपाली कार्यरत रहेका छन्।