बैदेशिक रोजगार खोजी

कुवेतमा कफी मेकरको माग, आकर्षक तलबसहित आवेदन दिन ५ दिन मात्र बाँकी


Logo
Prawash Tv
३२ असार, २०८२
कुवेतमा कफी मेकरको माग, आकर्षक तलबसहित आवेदन दिन ५ दिन मात्र बाँकी

कुवेतमा कफी मेकर पदका लागि रोजगारीको अवसर खुलेको छ। Omega International Pvt. Ltd. मार्फत ३ जना पुरुष र ३ जना महिला कफी मेकरको माग गरिएको हो। चयन भएका उम्मेदवारलाई मासिक रु. ६७,५१२/- तलब दिइनेछ। यो रोजगारीको लागि अन्तर्वार्ता यही आउँदो श्रावण ६ गते तोकिएको छ। इच्छुक तथा योग्य उम्मेदवारहरूले तोकिएको मितिभित्र सम्पर्क गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्। आवेदन दिन तथा थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले Omega International Pvt. Ltd. मा सम्पर्क गर्न अनुरोध गरिन्छ। सम्पर्क नम्बरहरू +९७७–४९५४३२७ +९७७–४९५४३३७ रहेका छन्। अवसर सीमित भएकाले समयमै सम्पर्क गर्नुहोस्।

रोजगारी विवरण

न्यूनतम योग्यता: SLC भन्दा कम (Under SLC)
कामको अनुभव: पद अनुसार
भिसा र टिकट: उपलब्ध गराइनेछ
खाना: उपलब्ध गराइने छैन
बसोबास: उपलब्ध गराइने छैन
सेवा शुल्क (नेपालमा): रू. ० (शून्य)
प्री-मेडिकल (नेपालमै): उपलब्ध गराइनेछ
रोजगार बीमा: रोजगारदाता कम्पनीद्वारा प्रदान गरिने
करार अवधि: २ वर्ष

आवश्यकताहरू

  • अंग्रेजीमा राम्रोसँग संवाद गर्न सक्ने

  • सकारात्मक सोच भएको, स्मार्ट र टीममा मिलेर काम गर्न सक्ने

  • निर्देशनहरू ठीकसँग पालना गर्न सक्ने क्षमता

  • मैत्रीपूर्ण र सहयोगी स्वभाव भएको



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka