समाचार

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागको माग


Logo
Prawash Tv
०८ असार, २०८२
अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागको माग

वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ ।

बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो ।

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउने बारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ ।

‘यस्तो काम कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न, अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध छ,’ विभागले भनेको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka