दुबईका लागि ४६ जना ट्याक्सी चालकको माग
काठमाडौं । दुबईस्थित Eiadah Company ले ४६ जना ट्याक्सी चालकको माग गरेको छ। यो माग सपोर्ट ह्युमन रिसोर्स प्रा.लि. मार्फत आएको हो।
यसअन्तर्गत अन्तर्वार्ता आगामी ३० गते गेट म्यानपावर कार्यालयमा हुने जनाएको छ। इच्छुक नेपाली कामदारहरूले सोही विज्ञापन ध्यानपूर्वक हेरी निर्धारित मिति भित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।