समाचार

एकेन्द्र ओलीको शव नेपाल ल्याउन नेक्साद्वारा सहयोग संकलन अभियान सुरु


Logo
Prawash Tv
०९ असोज, २०८३
एकेन्द्र ओलीको शव नेपाल ल्याउन नेक्साद्वारा सहयोग संकलन अभियान सुरु

काठमाडौँ। दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थी एकेन्द्र ओलीको निधन भएपछि उनको पार्थिव शरीर नेपाल ल्याउन नेपाल शैक्षिक परामर्श सेवा संघ (नेक्सा)ले आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।

दाङको बबई गाउँपालिका–४ निवासी ओली दक्षिण कोरियाको काङवन नेसनल युनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत थिए। उनको २२ सेप्टेम्बर २०२६ मा निधन भएको हो।

नेक्साका अनुसार ओलीको पार्थिव शरीर नेपाल ल्याउन आवश्यक कागजी प्रक्रिया पूरा गर्न तथा नेपाल पठाउन करिब १ करोड ४० लाख कोरियन वन खर्च लाग्ने अनुमान गरिएको छ। उक्त रकम जुटाउन परिवारलाई ठूलो आर्थिक भार पर्ने भएकाले सहयोग संकलन अभियान सुरु गरिएको संस्थाले जनाएको छ।

नेक्साले देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था तथा शुभेच्छुकहरूलाई स्वेच्छिक आर्थिक सहयोगका लागि अपिल गरेको छ। साथै, सहयोग अभियानबारे आफन्त, साथीभाइ तथा नेपाली समुदायसम्म सूचना पुर्‍याइदिन आग्रह गरेको छ।

आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूले सानिमा बैंकको पुल्चोक शाखामा रहेको नेक्साको खातामा रकम जम्मा गर्न सक्नेछन्। संस्थाका अनुसार फोनपेमार्फत पनि सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka