समाचार

फ्युचर इम्प्लोइमेन्टद्वारा दरबारमार्ग प्रहरीलाई खाट र प्लाई प्रदान


Logo
Prawash Tv
३० भदौ, २०८२
फ्युचर इम्प्लोइमेन्टद्वारा दरबारमार्ग प्रहरीलाई खाट र प्लाई प्रदान

राजधानी गैह्रीधारास्थित फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.ले दरबारमार्ग प्रहरी वृत्तलाई तीन वटा खाट र एक दर्जनभन्दा बढी प्लाई हस्तान्तरण गरेको छ।

कम्पनीकी सञ्चालक शुष्मा खत्रीको तर्फबाट प्रतिनिधि विष्णुमणि केसी र जेनजीका प्रतिनिधि नसिव केसीले आइतबार आगलागीबाट क्षतिग्रस्त प्रहरी वृत्तमा पुगेर राहत सामग्री बुझाएका हुन्।

सञ्चालक खत्रीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको बताइन्। त्यस्तै, जेनजी प्रतिनिधि नसिव केसीले प्रहरी शान्ति–सुरक्षाका लागि आधारभूत भौतिक पूर्वाधार आवश्यक पर्ने तर भदौ २४ गतेको आगलागीले कार्यालय र ब्यारेकमा ठूलो क्षति पुर्‍याएपछि प्रहरीलाई सुत्नसमेत कठिनाइ भएकाले राहत सामग्री उपलब्ध गराइएको जानकारी दिए।

फ्युचर इम्प्लोइमेन्टले यसअघि कोरोना महामारी, बाढी–पहिरो लगायतका विपद्‌मा समेत उद्धार तथा राहत सहयोग गर्दै आएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka