समाचार

स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी


Logo
Prawash Tv
२३ भदौ, २०८२
स्कुल, कलेज छाडेर सडकमा उत्रिए जेनजी

नयाँ पुस्ता ‘जेनजी’ (सन् १९९७–२०१२ बीच जन्मेका) युवाहरूले सोमबारदेखि काठमाडौंमा सडक प्रदर्शन सुरु गरेका छन्। माइतीघर मण्डलामा भेला भएर उनीहरूले बानेश्वरतर्फ शान्तिपूर्ण मार्च गरेका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र देशभर बढ्दो भ्रष्टाचार उनीहरूको मुख्य एजेन्डा बनेको छ।

प्रदर्शनमा कलेज र स्कुलका विद्यार्थी, विभिन्न पेशाका युवाहरू सहभागी छन्। उनीहरूले रुख, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने र सभ्य शैलीमा प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा मात्र नभई पोखरा, दाङसहित अन्य सहरहरूमा पनि आन्दोलन सुरु भएको छ।

प्रदर्शनलाई मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अन्य स्वतन्त्र युवाहरूले समर्थन गरेका छन्। राजनीतिक दलसँग आबद्ध भ्रातृ संस्थालाई सहभागी हुन रोक लगाइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka