समाचार

सरकारको विरोधाभास : एकातिर ‘फ्रि भिसा, फ्रि टिकट’, अर्कातिर विदेश जान ऋण


Logo
Prawash Tv
३० भदौ, २०८२
सरकारको विरोधाभास : एकातिर ‘फ्रि भिसा, फ्रि टिकट’, अर्कातिर विदेश जान ऋण

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई उच्च ब्याजदरको चंगुलबाट जोगाउन सरकार सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारीमा रहेको छ।

यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी मस्यौदा राय–सुझावका लागि कानुन मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा पठाएको छमन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले कार्यविधिमा राय–सुझाव आएपछि मात्र थप प्रक्रिया अघि बढ्ने जानकारी दिए। उनका अनुसार योजना अघि सार्दा केही प्राविधिक चुनौतीहरू देखिएका छन्।

उनले भने, ‘हामीलाई केही टेक्निकल समस्या छ। जस्तै, सेवा शुल्क नतोकिएको अवस्थामा कसरी अघि बढ्ने भन्ने कुरा गाह्रो छ। त्यसलाई फराकिलो ढंगले समाधान गर्न सक्ने अवस्था छैन। ती बाध्यताबीच हामीले के गर्न सकिन्छ भनेर अभ्यास स्वरूप छलफल गरी प्रारम्भिक मस्यौदा तयार गरेर पठाएका हौं।’

तर, विज्ञहरूले भने यस कदमले सरकारको करिब एक दशक पुरानो ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिलाई कमजोर बनाउने र मेनपावर व्यवसायीले लिने अवैध शुल्कलाई नै वैधानिकता दिने खतरा रहेको भन्दै आलोचना गरेका छन्।।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka