बैदेशिक रोजगार खोजी

हङकङमा घरेलु कामदारको माग


Logo
Prawash Tv
२५ जेठ, २०८२
हङकङमा घरेलु कामदारको माग

हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको बताएकी छन् । तमु बौद्ध सेवा समितिले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताइन् । उनले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताइन् । उनले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि जानकारी दिइन् ।

उनले भनिन्, ‘हङकङमा थुप्रै फ्यासिलिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौं । त्यसका लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौं । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङका लागि गरेका छौं । हाम्रा लागि पनि किन नगर्ने ? भन्ने आवाज उठाएको छु । आउँदा दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएका छन् । घरेलु कामदारको हङकङमा धेरै डिमाण्ड छ ।’

हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारका लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka