जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय
सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरी उनीहरूका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस निर्णयको जानकारी दिएकी हुन्।
मुख्यसचिव एकनारायण अर्यालका अनुसार प्रधानमन्त्री कार्कीले मृतकका परिवारलाई १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेकी छन्।
साथै घाइतेहरूलाई निशुल्क उपचार उपलब्ध गराउने निर्णय पनि गरिएको छ।