समाचार

कुवैत छोड्न चाइयो पर्मिट


Logo
Prawash Tv
३० जेठ, २०८२
कुवैत छोड्न चाइयो पर्मिट

कुवेतले आप्रवासी कामदारलाई कम्पनी छोडेर स्वदेश फर्किँदा अनिवार्यरूपमा रोजगारदाताको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । आगामी जुलाई महिनादेखि लागू हुने यो नयाँ व्यवस्थाले कामदार र रोजगारदाता दुवैको अधिकारको रक्षा गर्ने कुवेतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

कुवेतका प्रथम उपप्रधानमन्त्री एवं आन्तरिक मन्त्री शेख फहद अल–युसेफद्वारा जारी गरिएको मन्त्रीस्तरीय परिपत्रमार्फत यो निर्णय औपचारिकरूपमा लागू गरिएको हो । यो व्यवस्थाले सबै प्रवासी कामदारहरूलाई देश छोड्नु अघि एक्जिट पर्मिट प्राप्त गर्न अनिवार्य गरेको छ ।

एक्जिट पर्मिट लिन कामदारको व्यक्तिगत विवरण, यात्रा विवरण समावेश गरेर एप्समार्फत आवेदन दिनुपर्नेछ ।

अधिकारीहरूले नयाँ व्यवस्थाले उचित सूचनाबिना काम छोड्ने घटनाहरू कम गर्ने दाबी गरेका छन् । नयाँ व्यवस्था कुवेतको निजी क्षेत्रअन्तर्गत दर्ता भएका अस्थायी वा स्थायीरूपमा काम छोड्न चाहने सबै आप्रवासी कामदारहरूलाई लागू हुने बताइएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka