बैदेशिक रोजगार खोजी

मलेसियामा सबै श्रमिकले तलबको २ प्रतिशत कोषमा बुझाउनुपर्ने व्यवस्था लागू


Logo
Prawash Tv
३० असार, २०८२
मलेसियामा सबै श्रमिकले तलबको २ प्रतिशत कोषमा बुझाउनुपर्ने व्यवस्था लागू

क्वालालम्पुर : मलेसियाले आगामी अक्टोबरदेखि आप्रवासी कामदारहरूले कर्मचारी सञ्चय कोषमा आफ्नो मासिक तलबको २ प्रतिशत योगदान गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ ।

मलेसिया कर्मचारी सञ्चय कोषले नयाँ नियम घरेलु कामदारहरू बाहेक सबै विदेशी कामदारहरूमा लागू हुने बताएको छ । हाल मलेसियामा विदेशी कामदारहरूको कर्मचारी सञ्चय कोषमा सहभागिता स्वेच्छिक मात्रै छ ।

राष्ट्रियताको पर्वाह नगरी विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले सामाजिक सुरक्षामा पहुँच सुनिश्चित गरी श्रम बजारमा समानता र निष्पक्षतालाई प्रवद्र्धन गर्ने मलेसियाका अधिकारीहरू बताउँछन् ।

मलेसियामा हाल न्यूनतम मासिक तलब १७ सय रिंगेट छ । २० लाख बढी विदेशी कामदार रहेको मलेसियामा ४ लाख बढी नेपाली वैधानिकरूपमा कार्यरत रहेका छन् । विदेशी कामदारको कर्मचारी सञ्चय कोषमा योगदान अनिवार्य गर्ने कदमले उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अधिकारकर्मीहरूको भनाइ छ ।

विदेशी कामदारले आफ्नो अन्तिम महिनाको तलबमा योगदान रकम फिर्ता पाउने कार्यविधि बनाइएको मलेसियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka