समाचार

वैदेशिक रोजगारीमा जानेको संख्यामा भारी गिरावट


Logo
Prawash Tv
०३ चैत, २०८२
वैदेशिक रोजगारीमा जानेको संख्यामा भारी गिरावट

काठमाडौं : मध्यपूर्वमा बढ्दो तनावका कारण फागुन महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या माघ महिनाको तुलनामा करिब २६ प्रतिशतले घटेको छ।

माघ महिनामा ७०,५ सय ३ जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाएका थिए भने फागुनमा यो संख्या ५२,९ सय ४४ पुगेको छ।

सरकारले इजरायल–अमेरिका र इरानबीचको द्वन्द्वका कारण खाडीका मुलुक, इजरायल, टर्की लगायत ११ देशमा श्रम स्वीकृति स्थगन गरेको छ। माघ महिनामा म्यानपावर कम्पनीमार्फत २६,८०७ जनाको श्रम स्वीकृति भएकोमा फागुनमा २०,१३० जनाको मात्रै स्वीकृति भएको छ।

फागुनमा २४,५६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनेको संख्या २८,३८३ रहेको छ।

देश अनुसार फागुनमा सबैभन्दा बढी श्रम स्वीकृति मलेसियाका लागि १२,६०१, युएईका लागि ११,४९२, कतारका लागि ६,७७५ र साउदी अरेबियाका लागि ६,२२५ रहेको छ। तर तीमध्ये कतिपय कामदार अझै गएका छैनन्।

इरान–अमेरिका युद्ध सुरु भएको १७ दिन पुग्दा इरानले अमेरिकी सैनिक बेस क्याम्प रहेका खाडी मुलुकमा मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ। यसले कतार, युएई, साउदी, बहराइन, ओमानमा कार्यरत नेपालीहरूको सुरक्षामा चिन्ता बढाएको छ।

सरकारले गत फागुन १७ गते श्रममन्त्रीस्तरीय निर्णयमार्फत अर्को सूचना नभएसम्म साउदी, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति स्थगन गरेको छ।

यसैबीच युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, पक्राउ परेकाहरूलाई सम्बन्धित देशको कानुनअनुसार जरिवाना, जेल सजाय र डिपोर्टेसनको सम्भावना छ।

मन्त्रालयले दूतावास र सञ्चारमाध्यममार्फत पटक–पटक सचेत गराउँदै यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन नेपालीहरूलाई विशेष अपिल गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka