समाचार

दक्षिण कोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ७० नेपाली लाभान्वित


Logo
Prawash Tv
२६ असोज, २०८३
दक्षिण कोरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब ७० नेपाली लाभान्वित

दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १९, २०२६ (असोज ३ गते, २०८३) शनिबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७० जना नेपाली लाभान्वित भएका छन्।

प्रवासमा रहेका नेपाली समुदायलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सहभागी नेपालीहरूले स्वास्थ्य जाँच तथा आवश्यक स्वास्थ्य परामर्श सेवा लिएका थिए।

May be an image of ‎one or more people and ‎text that says "‎외 외과 과 اع อง 냉틀이 네탕이 Bo 홍택 ات den 접수·수남 수납 접수· dết (사)(주는 dät HII‎"‎‎

May be an image of one or more people, phone, shoes, crowd and text

कार्यक्रम सफल बनाउन समय र सेवा प्रदान गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, NRNA का पदाधिकारी तथा स्वयंसेवकहरूप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, शिविरमा सहभागी भई स्वास्थ्य जाँच गराउने सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिइएको छ।

प्रवासमा रहेका नेपालीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमले नेपाली समुदायमा स्वास्थ्यसम्बन्धी सचेतना बढाउन तथा आवश्यक स्वास्थ्य सेवामा पहुँच सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

‘स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो’ भन्ने सन्देशसहित NRNA दक्षिण कोरियाले स्वस्थ नेपाली समुदाय निर्माणका लागि सबैको सहकार्य र सहभागितामा जोड दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka