समाचार

नेपाल किराँत समाज ओमानले भब्य सांस्कृति कार्यक्रम आयोजना गर्दै, गायिका बबिना किराँतीको बेजोड प्रस्तुती हुदैँ


Logo
Prawash Tv
१७ वैशाख, २०८३
नेपाल किराँत समाज ओमानले भब्य सांस्कृति कार्यक्रम आयोजना गर्दै, गायिका बबिना किराँतीको बेजोड प्रस्तुती हुदैँ

ओमानमा रहेका नेपाली समुदायबीच किराँत संस्कृति जगेर्ना गर्ने उद्देश्यले “नेपाल किराँत समाज ओमान”ले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजले सार्वजनिक गरेको सूचना अनुसार, उभौली चाडको अवसरमा यही मे २९, २०२६ (शुक्रबार) का दिन कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम ओमानको अल असला हल, अल खौड (MS MAX Market नजिक) मा बिहान ११:०० बजेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायिका बबिना किराँती को विशेष सांगीतिक प्रस्तुति रहनेछ, जसले कार्यक्रमलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार, कार्यक्रममार्फत किराँत धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै ओमानमा रहेका नेपालीहरूबीच आपसी एकता र सद्भाव बढाउने लक्ष्य राखिएको छ। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, नृत्य, गायन तथा किराँत संस्कृतिसम्बन्धी विविध कार्यक्रमहरू समावेश गरिनेछ।

कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि प्रवेश शुल्क रु. ५ (ओमानी रियाल) तोकिएको छ भने कार्यक्रममा नेपाली खानाको व्यवस्था समेत गरिने आयोजकले जनाएको छ।

साथै, कार्यक्रममा मद्यपान तथा धूम्रपान निषेध गरिएको छ र कुनै पनि अप्रिय घटना भएमा सहभागी स्वयं जिम्मेवार हुने उल्लेख गरिएको छ।

कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिने बताइएको छ। नेपाल किराँत समाज ओमानले ओमानमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम

सफल बनाउन अनुरोध गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka