समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो


Logo
Prawash Tv
०१ असोज, २०८२
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

बुधबारसिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरेको हो ।

सरकारले शोक दिवसमा बुधबार (आज) सार्वजानिक बिदा समेत दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शोकमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको थियो । सरकारले यसअघि नै जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka