समाचार

एसियन फेस्टा २०२६ मा नेपाल प्रथम


Logo
Prawash Tv
०२ साउन, २०८३
एसियन फेस्टा २०२६ मा नेपाल प्रथम

बुसान, दक्षिण कोरिया – दक्षिण कोरियाको बुसानमा सम्पन्न “एसियन फेस्टा २०२६” मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। नेपालिज कम्युनिटी इन बुसान (NCB) को नेतृत्वमा सहभागी नेपाली टोलीले १२ देशलाई पछि पार्दै यो ऐतिहासिक सफलता प्राप्त गरेको हो।

प्रतियोगितामा नेपालको प्रस्तुति बुसानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संयुक्त प्रयासबाट सम्भव भएको थियो। टोलीले नेवार समुदायको ऐतिहासिक लाखे नृत्य, गुरुङ समुदायको परम्परागत नृत्य तथा विभिन्न जातीय समुदायका मौलिक सांस्कृतिक नृत्यहरूको आकर्षक फ्युजन प्रस्तुत गरेको थियो। उक्त प्रस्तुतिमार्फत नेपालको सांस्कृतिक विविधता, परम्परा र राष्ट्रिय एकतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा उजागर गरिएको थियो।

उत्कृष्ट प्रस्तुति र दर्शकहरूको उत्साहजनक समर्थनका आधारमा नेपालले प्रथम स्थान हासिल गर्न सफल भएको आयोजक पक्षले जनाएको छ।

यस सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण कलाकार, स्वयंसेवक, सहयोगी तथा नेपालिज कम्युनिटी इन बुसान (NCB) परिवारप्रति आभार व्यक्त गरिएको छ। साथै Kyungsung University, Busan University of Foreign Studies (BUFS), Tongmyong University, Dong-Eui University, Dong-A University, Dongseo University, Silla University, Gimhae University, Inje University, BIST University तथा Youngsan University मा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई विशेष

धन्यवाद दिइएको छ।

यो सफलता विदेशमा रहेका नेपालीहरूको लागि गौरवको विषय बनेको छ। साथै यसले नेपाली भाषा,

कला, संस्कृति र राष्ट्रिय पहिचानलाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्न सकिने सशक्त सन्देश दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka