समाचार

खाडीका ७ मुलुकको श्रम स्वीकृति खुला


Logo
Prawash Tv
०४ चैत, २०८२
खाडीका ७ मुलुकको श्रम स्वीकृति खुला

काठमाडौं : सरकारले मध्यपूर्वका केही देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ भने केही मुलुकमा भने स्थगन यथावत् राखिएको छ।

गत फागुन १७ गते सरकारले मध्यपूर्वका देशहरूमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै पुनः तथा संस्थागत श्रम स्वीकृति रोकेको थियो। उक्त निर्णयका कारण विदेशमा रहेका तथा पुनः रोजगारीका लागि फर्कन चाहने धेरै नेपाली श्रमिक प्रभावित भएका थिए।

मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ, विभिन्न दूतावास तथा श्रमिकहरूबाट आएको माग र परराष्ट्र मन्त्रालयको सिफारिससँगै वैदेशिक रोजगार विभागको रायका आधारमा पुनः श्रम स्वीकृति आंशिक रूपमा खुला गरिएको जनाएको छ।

नयाँ निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएर पुनः फर्कन चाहनेहरूलाई श्रम स्वीकृति प्रदान गरिनेछ।

तर इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने श्रम स्वीकृति स्थगन यथावत् रहनेछ। ती देशहरूमा अझै सुरक्षा जोखिम र संवेदनशील अवस्था कायम रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच, वैदेशिक रोजगार विभागले उक्त निर्णय कार्यान्वयनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत पुनः आवेदन दिन सकिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka