समाचार

नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर


Logo
Prawash Tv
०३ चैत, २०८२
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर

काठमाडौँ : नेपाल र साउदी अरबबीच साधारण श्रमिकको सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्द्धन गर्न द्विपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

नेपाल तर्फबाट श्रममन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब तर्फबाट मानव संशाधन मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौताले साउदी रोजगारमा जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा, सामाजिक सुरक्षा र श्रम अधिकार संरक्षणमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो। पटक–पटक सम्झौताको मस्यौदा तयार पारिए पनि गत भदाै २३–२४ काे जनजी आन्दोलनले सम्झौतामा ढिलाइ भएको थियो।

श्रममन्त्री भण्डारीका अनुसार, यो सम्झौतासँगै नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बन्नेछ। साथै साउदीमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतामा श्रमिकको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलाई प्राथमिकताका साथ समेटिएको छ। दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित हुने व्यवस्था गरिएको छ।

रियादस्थित नेपाली राजदूतावासले जनाएको छ कि यस सम्झौताले साउदीमा कार्यरत र भविष्यमा रोजगारका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र स्थायित्व थप मजबुत बनाउने विश्वास गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka