कतारमा नेपाली श्रमिकको निधन, शव नेपाल पठाइयो
कतारको दोहामा कार्यरत एक नेपाली कामदारको निधन भएको छ। पाँचथरको फिदिम नगरपालिका–१२ घर भएका मुक्तिनाथ अधिकारी करिब ८ महिना अघि रोजगारीका लागि कतार पुगेका थिए।
उनी क्यु मिलिनियम सर्भिस कम्पनीमा सरसफाइ कर्मचारीको रूपमा काम गर्दै आएका थिए। शुक्रबार राति उनी सुतिरहेको अवस्थामा मृत फेला परेका थिए।
हमद अस्पतालले पोस्टमार्टमपछि उनको मृत्यु हृदयघातका कारण भएको पुष्टि गरेको छ।
कतारस्थित नेपाली दूतावास, एनआरएनए कतार, पाँचथर समाज कतार र सम्बन्धित कम्पनीको सहकार्यमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनको शव बुधबार राति कतार एयरवेजमार्फत नेपाल पठाइएको छ।
मृतकका परिवारमा श्रीमती र दुई साना छोरा रहेका छन्।