समाचार

ओमानवासी नेपालीहरूका लागि महत्वपूर्ण पहल : श्रम स्वीकृति नवीकरण खुलाउन माग


Logo
Prawash Tv
०३ चैत, २०८२
ओमानवासी नेपालीहरूका लागि महत्वपूर्ण पहल : श्रम स्वीकृति नवीकरण खुलाउन माग

ओमान – मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिका कारण नेपाल सरकारले केही समयअघि मध्यपूर्वी देशहरूका लागि श्रम स्वीकृति नवीकरण अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको सन्दर्भमा, ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबले श्रम स्वीकृति नवीकरण प्रक्रिया पुनः खुला गर्न सम्बन्धित निकायमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।

गैरआवासीय नेपाली सोसल क्लब ओमानले आज ओमानस्थित नेपाली राजदूतावास, मस्कटको ध्यानाकर्षण गराउँदै बिदामा नेपाल गई पुनः ओमान फर्किन नसकेका नेपाली श्रमिकहरूको समस्या, श्रम स्वीकृति समाप्त भइसकेका वा समाप्त हुन लागेको अवस्थामा रहेका श्रमिकहरूको अवस्था तथा ओमानमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकहरूको समग्र हित संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै यो विषय उठाइएको हो। उक्त समस्यालाई मध्यनजर गर्दै श्रम स्वीकृति नवीकरण प्रक्रिया छिटो खुला गर्न आग्रह गरिएको छ।

यसैबीच, आजको भेटघाटका क्रममा नेपालबाट भारत हुँदै ओमान आउने यात्रुहरूको लागि आवश्यक NOC (No Objection Certificate)  सम्बन्धी प्रक्रिया ओमानमै सहज बनाउन सकिने विषयमा पनि छलफल भएको छ।

साथै, आपतकालीन अवस्थामा नेपाली नागरिकहरूलाई उद्धार गर्न ‘Rescue Flight’ सञ्चालनको सम्भावनाबारे पनि महत्वपूर्ण कुराकानी भएको गैरआवासीय नेपाली सोसल क्लब का अदक्ष सुरेश खड्काले प्रवाश टिभिलाई बताउनु भयो । यो पहलले ओमानमा कार्यरत हजारौं नेपाली श्रमिकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka