समाचार

वैदेशिक रोजगारका गल्तीलाई सच्याउने अवसर


Logo
Prawash Tv
०१ असोज, २०८२
वैदेशिक रोजगारका गल्तीलाई सच्याउने अवसर

वैदेशिक रोजगारका गल्ती सच्याउने अवसरमा व्यवसायीहरूको जोड

वैदेशिक रोजगार व्यवसायीहरूले जेनजी पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र सुधार गर्ने ऐतिहासिक अवसर पाएको बताएका छन्।

व्यवसायीहरूले विगतका गलत निर्णय सच्याउँदै श्रमिकमैत्री नीति, न्यायपूर्ण सेवा शुल्क, पारदर्शी प्रक्रिया र नयाँ श्रम गन्तव्य पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। हाल विप्रेषण आप्रवाह १७ खर्बभन्दा बढी पुगेर नेपाली अर्थतन्त्रलाई धानेको भए पनि श्रमिकको अधिकार र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्न सुधार अपरिहार्य भएको उनीहरूको भनाइ छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङलगायत नेताहरूले श्रमिक अधिकार सुनिश्चितता, जापान र युरोपेली मुलुकमा मागपत्र प्रमाणीकरण सहज बनाउने, व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने र भ्रष्टाचारमुक्त प्रशासन कायम गर्न सरकारलाई आग्रह गरेका छन्।

व्यवसायीहरूले अस्वस्थ प्रतिस्पर्धा अन्त्य, अव्यावहारिक ऐन संशोधन, लागत निर्धारण र सेवा शुल्क व्यवस्थापन, मागपत्र प्रमाणीकरणमा सहजीकरण, गैरव्यवसायीको संलग्नता रोक्ने र श्रमिकलाई सुरक्षित, पारदर्शी तथा मर्यादित वातावरणमा पठाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka