ईद–उल–फित्रका अवसरमा कतारमा एक हप्ता सार्वजनिक बिदा घोषणा
कतार सरकारले ईद–उल–फित्र पर्वको अवसरमा एक सातासम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी सूचना अनुसार मन्त्रालय, विभिन्न सरकारी निकाय, सार्वजनिक संस्था तथा प्राधिकरणहरूका कर्मचारीहरूलाई मार्च १७ मंगलबारदेखि मार्च २३ सोमबारसम्म बिदा दिइनेछ। यस्तै, वित्तीय क्षेत्रसँग सम्बन्धित कार्यालयहरूको बिदा भने कतार केन्द्रीय बैंकका गभर्नरले छुट्टै रूपमा निर्धारण गर्ने जनाइएको छ।