समाचार

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा


Logo
Prawash Tv
१८ असोज, २०८२
काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

काठमाडौं, असोज १८ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। बिहानपछिदेखि झरी अझ तीव्र बन्दै गएको विभागले जनाएको छ।

पछिल्लो तथ्यांकअनुसार पछिल्ला एक घण्टामा काठमाडौंमा ६ मिलिमिटर, ललितपुरमा ९.८ मिलिमिटर र भक्तपुरमा ५ मिलिमिटर वर्षा मापन गरिएको छ। उपत्यका आसपासका पहाडी जिल्लासँगै तराईका विभिन्न स्थानमा समेत वर्षा भइरहेको विभागले जनाएको छ।

तराई क्षेत्रमा पछिल्लो एक घण्टामा पर्सामा १० मिलिमिटर र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ भने महोत्तरी र धनुषामा पनि लगातार पानी परिरहेको जानकारी प्राप्त भएको छ। पछिल्ला १२ घण्टामा कैलालीको गर्भामा सबैभन्दा धेरै — ८३.२ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यसै अवधिमा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।

विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ। विशेषगरी राति कैलालीसहित सुदूरपश्चिमका जिल्लामा वर्षा अझ बढ्ने सम्भावना रहेको जनाएको छ।

हाल बागमती र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा, साथै कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka