समाचार

राजेश ढकालको मौलिक असारे घाँसे गीत ‘असार १५’ सार्वजनिक


Logo
Prawash Tv
१८ असार, २०८३
राजेश ढकालको मौलिक असारे घाँसे गीत ‘असार १५’ सार्वजनिक

असार महिनाको आगमनसँगै नेपाली मौलिक लोक संस्कृतिलाई झल्काउने नयाँ असारे घाँसे गीत ‘असार १५’ सार्वजनिक गरिएको छ। गायक तथा सर्जक राजेश ढकालको शब्द तथा संगीत रहेको गीतमा गायिकाहरू प्रतिमा अर्याल र सरु गौतमको समेत सुमधुर स्वर रहेको छ। धान रोपाइँ, खेतबारी, असारे माहोल र नेपाली ग्रामीण जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस गीतले मौलिक संस्कृति संरक्षण गर्ने प्रयास गरेको छ। भिडियोमा राजेश ढकालसँगै सरु गौतम, अनिता पौडेल, पशुपति दाहाल, हिराकाजी सेन्चुरी, श्रीजन पण्डित र शिवजी मिश्रको अभिनय रहेको छ।

निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन विशाल गोङ्बा र सम्पादन रोशन धितालले गरेका छन्। गीतको संगीत संयोजन विष्णु तामाङले गरेका हुन्। राजेश ढकालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले असार १५ को सांस्कृतिक महत्व, दही–चिउरा खाने परम्परा र रोपाइँको रमाइलो वातावरणलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। दर्शक तथा श्रोताले गीतको मौलिकता, शब्द, संगीत र भिडियोको खुलेर प्रशंसा गरिरहेका छन्।

नेपाली लोक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयासस्वरूप सार्वजनिक गरिएको यो गीतले असारे गीतको परम्परालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

राजेश ढकाल काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका एक चर्चित नेपाली लोक तथा लोकदोहोरी गायक, गीतकार र संगीतकार हुन्, जसले विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्। विशेषगरी नेपाली मौलिक परम्परा, रैथाने संस्कृति र असारे एवं घाँसे भाकाहरूको संरक्षणमा उनी अग्रपंक्तिमा चिनिन्छन्। उनको स्वर, शब्द र संगीतमा रहेका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘गैह्री खेतको रोपाइँ’ र हालै सार्वजनिक भएको ‘असार १५’ जस्ता दर्जनौँ लोकदोहोरी गीतहरू नेपाली श्रोतामाझ निकै लोकप्रिय छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka