समाचार

अवैधानिक रूपमा युक्रेन पुगेका दुई नेपालीको उद्धार


Logo
Prawash Tv
०५ असोज, २०८२
अवैधानिक रूपमा युक्रेन पुगेका दुई नेपालीको उद्धार

गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा युक्रेनस्थित सैन्य क्याम्पमा रहेका उनीहरूलाई उद्धार गरिएको हो।

उद्धार गरिएका व्यक्तिहरूमा रौतहटका २८ वर्षीय जयप्रकाश शाहबागलुङका २३ वर्षीय सन्देश केसी रहेका छन्। उनीहरू विगत १४ महिनादेखि उक्त सैन्य क्याम्पमा बस्न बाध्य भएका थिए।

लामो समयसम्म क्याम्पमै रहनु परेपछि उनीहरूले केही समयअघि एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई सम्पर्क गरी उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए। त्यसपछि संघले दूतावाससँग निरन्तर समन्वय गर्दै आवश्यक सहजीकरण गरेको हो।

युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै शुक्रबार दिउँसो १ बजे उनीहरू काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएको सचिवालय तर्फबाट प्रमुख कार्यकारी अधिकृत राउत र कनिष्ठ अधिकृत निरोज महर्जनले उनीहरूलाई स्वागत गरेका थिए।

दुवै जनाले कठिन परिस्थितिमा गैरआवासीय नेपाली संघजर्मनीस्थित नेपाली दूतावासले पुर्‍याएको सहयोग, समन्वय र सहजीकरणका लागि धन्यवाद व्यक्त गरेका छन्।

यसैबीच, परराष्ट्र मन्त्रालयले उद्धार कार्यमा सहयोग गर्ने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनी तथा अन्य निकाय, व्यक्ति र सरोकारवालाहरूलाई धन्यवाद दिएको छ।

परराष्ट्र मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन र कानुनको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै, कानुनको उल्लंघन वा बेवास्ता गर्दा पक्राउ पर्नु, लामो समय थुनामा बस्नुपर्ने अवस्था आउनु र ज्यानसम्म जोखिममा पर्न सक्ने चेतावनी दिएको छ।

अवैधानिक रूपमा गइ पक्राउ परेकाहरूको उद्धार प्रक्रिया सहज नहुने भन्दै मन्त्रालयले विभिन्न प्रकारका प्रलोभन र बहकाउमा नफस्न र यस्ता कार्यमा संलग्न नहुन सबैलाई सचेत गराएको छ।

युद्धमा सहभागी भइरहेका सन्दर्भमा अहिलेसम्म रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा खटिएका ७३ नेपालीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka