समाचार

साउदीमा ‘ब्लक वर्क भिसा कोटा’ ३ हप्ताका लागि रोकियो


Logo
Prawash Tv
२३ जेठ, २०८२
साउदीमा ‘ब्लक वर्क भिसा कोटा’ ३ हप्ताका लागि रोकियो

साउदी अरेबियाले नेपाल बाहेक १३ मुलुकबाट ‘ब्लक वर्क भिसा कोटा’ अन्तर्गतका कामदार लैजान ३ हप्ताको लागि रोक लगाएको छ ।

साउदी अरेबियाले आगामी २५ जुन तारेखसम्म आफूले कामदार ल्याउने भारत, पाकिस्तान, बंगलादेशसहित अल्जेरिया, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, सुडान, ट्युनिसिया र यमनका नागरिकहरूका लागि ‘ब्लक वर्क भिसा कोटा’ जारी गर्न रोक लगाएको हो ।

साउदी अरेबियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले कम्पनीहरूलाई निश्चित संख्यामा विदेशी नागरिकहरू भर्ना गर्न दिएको पूर्व–अनुमतीलाई ‘ब्लक वर्क भिसा कोटा’ भन्ने गरिएको छ ।

२५ जुनसम्म रोक लगाइएको भनिएको भएपनि हालको अस्थायी रोकावट हज सिजनको अन्त्य अर्थात जुन २०२५ को अन्त्यसम्म कायम रहने अपेक्षा गरिएको छ । यो निर्णयले १३ मुलुकका कामदारहरूले कामका लागि भिसा प्राप्त गर्न ढिलाइ व्यहोर्नुपर्ने छ ।
यसबाट हजारौं विदेशी कामदार र अन्तर्राष्ट्रिय व्यवसायहरूलाई असर गर्ने आंकलन गरिएको छ । यो अस्थाई निलम्बन तीर्थयात्राको समयमा भित्रिने श्रम तथा आप्रवासन र रोजगारी क्षेत्रहरूमा नियामक निकायको निगरानी कडा पार्ने राज्यको व्यापक प्रयासको एक हिस्सा भएको साउदी अरबियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिबन्ध अवधिमा १३ वटा देशहरूलाई कुनै नयाँ ‘ब्लक भिसा कोटा’ जारी गरिने छैन भने यसअघि स्वीकृत कोटाहरू पनि भिसा प्रक्रियामा गर्न ढिलाइ हुने अपेक्षा गरिएको छ ।

वर्किङ भिसा भएका तर साउदी अरेबियामा प्रवेश नगरेका व्यक्तिहरूले पनि प्रवेश प्रतिबन्धको सामना गर्न सक्ने छन् ।
साउदी अधिकारीहरूले कामदारसहित यात्रुहरूलाई यात्रा व्यवस्था गर्नुअघि आफ्नो एयरलाइन्स कम्पनी वा नजिकको साउदी कूटनीतिक नियोगसँग आफ्नो भिसा र प्रवेश स्थितिबारे स्पष्ट हुन आग्रह गरेका छन् ।

तीर्थयात्राको सिजनमा विदेशी श्रमको आगमनलाई नियमन गर्ने, विदेशी कामदारहरूको हजमा अनधिकृत सहभागितालाई रोक्ने भीड व्यवस्थापन क्षमताहरू बढाउने उनीहरूको भनाइ छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka