समाचार

वैदेशिक रोजगारमा जाने श्रमिकले बिल–रसिद पेस गर्नु नपर्ने


Logo
Prawash Tv
२९ चैत, २०८२
वैदेशिक रोजगारमा जाने श्रमिकले बिल–रसिद पेस गर्नु नपर्ने

काठमाडौं : अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूले अनावश्यक बिल, रसिद वा अन्य थप कागजात बोक्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेको छ।

यसअघि विमानस्थलमा हवाई टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको रकमको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको भन्ने बुझाइ रहेको थियो। तर विभागका अनुसार अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने श्रमिकका लागि राहदानी र वैदेशिक रोजगार विभागबाट जारी गरिएको श्रम स्वीकृति जस्ता आधारभूत कागजात भए मात्रै पर्याप्त हुनेछन्।

पछिल्लो समय सञ्चारमाध्यममा आएका विभिन्न समाचार र सूचनाका कारण श्रमिकहरूमा अन्योल उत्पन्न भएको भन्दै सो भ्रम हटाउन विभागले यो स्पष्टिकरण दिएको हो। अतिरिक्त कागजात अनिवार्य गरिएको भन्ने हल्ला सत्य नभएको पनि विभागले जनाएको छ।

गृह मन्त्रालयको निर्णय तथा विद्यमान कानुनी प्रावधानअनुसार यात्रुहरूलाई झन्झट नपरोस् भन्ने उद्देश्यले यस विषयलाई स्पष्ट पारिएको विभागको भनाइ छ। साथै, विदेश जाने तयारीमा रहेका नेपाली श्रमिकहरूलाई अफवाहमा नपरी आवश्यक कागजात मात्र सुनिश्चित गरी यात्रा गर्न विभागले आग्रह गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka