समाचार

क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ


Logo
Prawash Tv
०१ चैत, २०८२
क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीका नाममा क्रोएशिया र अमेरिका पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभन देखाएर रकम लिएर सम्पर्कविहीन भएको उजुरीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी ४९ वर्षीया कमला देवी सुनुवार, सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्दै आएकी २९ वर्षीया सविना खड्का र काठमाडौं दक्षिणकाली नगरपालिका–९ घर भई हाल टोखा नगरपालिका–११ बस्दै आएका ४१ वर्षीय अम्बर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार कमला देवी सुनुवारले क्रोएशिया पठाइदिने भन्दै दुई जना पीडितबाट कुल ४ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। त्यस्तै सविना खड्काले अमेरिका पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ र अम्बर गुरुङले क्रोएशिया पठाइदिने भन्दै अर्का एक जना पीडितबाट ५० हजार रुपैयाँ असुलेको उजुरी परेको थियो।

उक्त रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा प्रहरीले कमला देवी सुनुवारलाई काठमाडौं महानगरपालिका–१५ बाट, सविना खड्कालाई बुढानिलकण्ठ नगरपालिका–४ बाट बुधबार पक्राउ गरेको हो। त्यसैगरी अम्बर गुरुङलाई काठमाडौं महानगरपालिका–१२ क्षेत्रबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka