यूएईमा अफिस तथा फ्यासिलिटी क्लिनरको ठूलो माग, शून्य लागतमा रोजगारी अवसर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (UAE) मा अफिस तथा फ्यासिलिटी क्लिनर पदका लागि ठूलो संख्यामा नेपाली कामदारको माग खुलेको छ। Target Consultant Human Resources Pvt. Ltd. मार्फत Mazrui & Hawi Painting Company – W L L ले १०० जना पुरुष कामदार भर्ना गर्न लागेको हो। यो माग श्रम स्वीकृति (LT Number: 336708) अन्तर्गत आएको हो।
उक्त पदका लागि मासिक तलब नेरु ४७,३०५ तोकिएको छ। करार अवधि २ वर्षको हुनेछ। उम्मेदवारका लागि भिसा, टिकट, खाना र आवास कम्पनीले नै उपलब्ध गराउने जनाएको छ। साथै नेपालमै प्रि–मेडिकल, रोजगार बीमा र सेवा शुल्क शून्य (Rs. 0) रहने जानकारी दिइएको छ।
योग्यता तथा अनुभव यस पदका लागि न्यूनतम शैक्षिक योग्यता SLC भन्दा कम भए पनि आवेदन दिन सकिनेछ। कामको अनुभव पदअनुसार आवश्यक पर्नेछ। उम्मेदवार अंग्रेजीमा सामान्य संवाद गर्न सक्ने, सकारात्मक सोच भएको, निर्देशन पालना गर्न सक्ने र मिलनसार हुनुपर्नेछ।
पद र संख्या
पद: Office and Facility Cleaner
संख्या: १०० (पुरुष)
महिला: आवश्यक छैन
तलब: नेरु ४७,३०५ प्रति महिना
अन्य सुविधा कम्पनीले भिसा टिकट, खाना, बसोबास, रोजगार बीमा तथा प्रि–मेडिकल सुविधा प्रदान गर्नेछ। यो पूर्ण रूपमा ‘Zero Cost Recruitment’ अन्तर्गतको रोजगारी अवसर हो।
सावधानी तथा सुझाव वैदेशिक रोजगारीमा जान चाहने इच्छुकले आवेदन दिनुअघि श्रम स्वीकृति (LT) विवरण अनिवार्य रूपमा जाँच गर्न, बाँकी कोटा बुझ्न र सम्बन्धित म्यानपावर तथा रोजगारदाताको अवस्था पुष्टि गर्न आग्रह गरिएको छ। साथै ‘बैदेशिक रोजगार’ मोबाइल एप प्रयोग गरी आधिकारिक जानकारी लिन सकिनेछ।
विदेश जानुअघि अनिवार्य अभिमुखीकरण तालिम लिनु, सम्झौता पत्र ध्यानपूर्वक पढेर हस्ताक्षर गर्नु, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र यात्रा गर्न पनि श्रम विभागले अनुरोध गरेको छ।
सम्पर्क विवरण Target Consultant Human Resources Pvt. Ltd. लाइसेन्स नं.: 833/066/67 ठेगाना: सिनामंगल–९, काठमाडौं फोन: +977-01-5911250, 5911251 इमेल: info@targetnepal.com
इच्छुक उम्मेदवारले तोकिएको समयभित्र ‘Apply Now’ सेक्सनमार्फत आवेदन दिन सक्नेछन्।