समाचार

लगातारको झरीले कहाँ-कहाँ सडक बन्द छ ? (हेर्नुहोस् विवरण)


Logo
Prawash Tv
१८ असोज, २०८२
लगातारको झरीले कहाँ-कहाँ सडक बन्द छ ? (हेर्नुहोस् विवरण)

शुक्रबारदेखिको झरीका कारण विभिन्न राजमार्ग र सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका अनुसार, जोखिमका कारण केही सडकमा आवतजावत गर्न रोक लगाइएको हो भने केहीमा पहिरोका कारण आवतजावत रोकिएको छ ।

नागढुंगा र चन्द्रागिरीबाट काठमाडौं बाहिर जाने राजमार्ग रोकिएको प्रहरीले जनाएको छ । नागढुंगामुग्लिन राजमार्गका साथै मकवानपुर जाने चन्द्रागिरीको सडकमा सवारीसाधन चल्न होल्डगरिएको प्रहरीले जनाएको छ । प्रहरीले नागढुंगा, गोदाम, टखेल हुँदै जाने सडकमा सवारीसाधन चल्न दिएको छैन ।

त्यसैगरी काभ्रेको बीपी र अरनिको राजमार्गमा पनि सवारीसाधन चल्न रोकिएको छ । झरीका कारण जोखिम हुने भएपछि प्रहरीले धुलिखेलदेखि दोलालघाट अनि सिन्धुपाल्चोकसम्मको सडकमा दुवैतर्फबाट सवारीसाधन रोकेको हो ।

चारकिलो भन्ने ठाँउमा अर्को पहिरो जाँदा सडक भासिएको छ । करिब १५ मिटर लामो खण्ड पहिरोले बगेको प्रहरीले जनाएको छ । बीपी राजमार्गको माम्तीखोला र बुलढुंगामा पनि पहिरो गएकाले सडक अवरुद्ध भएको छ ।

त्यसैगरी रसुवाको गोसाइकुण्ड गाँउपालिका२ को घट्टेखोलामा सुख्खा पहिरोले गर्दा सडक अवरुद्ध छ ।

नेपालचीन नाकामा पुल भत्किएकाले गत असारदेखि नै पासाङ ल्हामु सडक अवरुद्ध छ । त्यसैगरी रसुवाकै बालुवाखानी, तातोपानीको सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको भोटखोला४ बरुणखोलामा बाढी आएको छ । बाढीले ह्यूमपाइप बगाउदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग अवरुद्ध छ । त्यसैगरी खाँदवारी किमाथांक सडक पनि अवरुद्ध छ ।

ओखलढुंगाको मानेभञ्ज्याङमा पहिरो जाँदा सिद्धिचरण राजमार्ग अवरुद्ध छ ।

 



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka