समाचार

४० हजार नेपाली महिला कुवेतमा मानव तस्करीको सिकार भएको आरोप


Logo
Prawash Tv
१८ भदौ, २०८२
४० हजार नेपाली महिला कुवेतमा मानव तस्करीको सिकार भएको आरोप

राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसाको आडमा ४० हजार नेपाली महिलालाई कुवेतमा लगेर बेचिएको गम्भीर आरोप लगाएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै सांसद विष्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका कर्मचारीलाई भिजिट भिसामा जाने महिलाहरूले १ लाख रुपैयाँ घुस दिनुपर्ने तथ्य फेला परेको खुलासा गरे।

उनले नेपालबाट गैरकानुनी रूपमा कुवेत पुर्‍याइएका महिलाहरूलाई एउटा घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक शोषण गरिएको बताए। ठूलो संख्यामा नेपाली महिलाहरू मानव तस्करीको सिकार भएको यो गम्भीर विषयमा सरकार र गृह मन्त्रालयले सदनलाई स्पष्ट जानकारी दिन नचाहेको उनको भनाइ छ।

सांसद विष्टले तत्काल पीडित महिलाहरूको उद्धार र संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिए। अरब टाइम्स अनलाइनले गत जुलाई २१ मा प्रकाशित समाचारमा कुवेतको घरेलु श्रम बजारमा नेपाली महिला कामदारको संख्या ६१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको थियो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka