समाचार

मलेसियामा पनि मदिरा कुलतको समस्या


Logo
Prawash Tv
२२ भदौ, २०८२
मलेसियामा पनि मदिरा कुलतको समस्या

मलेसियास्थित नेपाली दूतावासका काउन्सिलर श्रम कृष्णप्रसाद भुसालले मलेसियामा कार्यरत केही नेपाली कामदारको अवस्था कुवेतको भन्दा फरक नरहेको बताएका छन् ।

गोप्य रूपमा घरेलु मदिरा उत्पादन र सेवन गर्ने, पैसा बचाउने नाममा कमसल गुणस्तरको मादक पदार्थको खोजी गर्दा हानिकारक र विषाक्त रक्सी सेवन गर्ने गरेको रिपोर्ट दूतावासमा आइरहेको उनले बताए ।

उनले भने, ‘कतिपय नेपाली दाजुभाइ ह्वास ह्वास गन्हाउँदै दूतावासमा आउने गरेकोे पनि पाइएको छ । सचेत हुनुभएन र समयमै कुलत त्याग्नुभएन भने हातमा भएको जागिर र स्वास्थ्य गुमाएर घर फर्किनुपर्नेछ । परिवारले ठुलो आस राखेका छन्, त्यसैले कुवेतको दर्दनाक घटनाबाट शिक्षा लिएर मदिराको लतबाट टाढा बस्न दूतावासको आग्रह छ ।’

कुवेतमा दुई साताअघि भएको विषाक्त मदिरा सेवन गर्दा १६ नेपालीसहित २३ जनाको मृत्यु र १ सय ६० जना बिरामी भएका थिए । कुवेती सञ्चारमाध्यमहरूले अवैध मदिरा कारोबारका मुख्य कारोबारी मानिएका ४ जनालाई  मृत्युदण्डको सजाय हुनसक्ने आंकलन गरेका छन् ।

कुवेतको गृह मन्त्रालयले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै विदेशीलाई उपचारपछि देश निकाला गर्ने बताएको छ । देश निकालामा पर्नेमा कम्तीमा ३५ जना नेपाली कामदार रहेकोे बताइएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka