डिग्रीको घमण्ड ( गजल )
डिग्री पास गर्दैमा
आकाश छोइँदैन महासय,
ज्ञानको सागरमा त
अझै धेरै यात्रा बाँकी हुन्छ।
अरुकै इसारामा नाचेर
आफूलाई सफल ठान्नेहरू,
आफ्नो खुट्टाले हिँड्नुपर्ने बेला
सहाराको खोजीमै अल्झिन्छन्।
घमण्डको मुकुट लगाएर
अरूलाई सानो नठान,
समयले धेरैलाई
सिंहासनबाट सडकसम्म झारेको छ।
आवेगको आँधीमा बगेर
सत्यलाई नबिर्स,
किनकि झुटको चमक
क्षणिक मात्र हुन्छ।
मान्छे ठूलो डिग्रीले होइन,
ठूलो सोचले बन्छ,
ठूलो पदले होइन,
ठूलो हृदयले चिनिन्छ।
त्यसैले,
कागजको प्रमाणपत्रभन्दा
कर्मको प्रमाण बलियो बनाऔँ,
अहंकारको बाटो छोडी
विनम्रताको दीप बालौँ।
किनकि समयले डिग्री सोध्दैन,
समयले त कर्म र चरित्रको हिसाब माग्छ ।
अलि मिया, प्रवासी भुमीबाट लामो समय देखि नेपाली भाषा र साहित्यमा कलम चलाउँदै आउनु भएका एक सर्जक हुनुहुन्छ, हाल उहाँ ईजरायलमा कार्यरत हुनुहुन्छ