समाचार

क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा


Logo
Prawash Tv
०२ असोज, २०८२
क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा


बहुराष्ट्रिय कम्पनी क्यारेफोर कुवेत र बहराइनबाट बाहिरियो

बहुराष्ट्रिय कम्पनी क्यारेफोरले कुवेत र बहराइनबाट आफ्नो व्यवसाय समेट्ने घोषणा गरेको छ । कम्पनीमा तल्ला तहदेखि उच्च पदसम्म उल्लेख्य संख्यामा नेपालीहरू कार्यरत रहेका छन्।

ग्राहकलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको आधिकारिक विज्ञप्तिमा कम्पनीले बहराइन र कुवेतका स्टोरहरू क्रमशः सेप्टेम्बर १४ र सेप्टेम्बर १६ देखि बन्द हुने जानकारी दिएको छ।

यसअघि, क्यारेफोरले नोभेम्बर २०२४ मा जोर्डन र जनवरी २०२५ मा ओमानका सुपरमार्केटहरू बन्द गरी हाइपरम्याक्स ब्रान्ड सञ्चालनमा ल्याएको थियो। बहराइन र कुवेतमा पनि त्यस्तै नयाँ ब्रान्ड सुरु हुने अपेक्षा गरिएको छ।

सन् १९९५ देखि मध्यपूर्व, अफ्रिका र एसियाका १२ देशमा क्यारेफोर ब्रान्ड सञ्चालन गर्ने विशेष अधिकार पाएको माजिद अल फुतैमले २०२४ देखि चयनित मुलुकमा क्यारेफोर हटाउँदै हाइपरम्याक्स ब्रान्ड विस्तार गर्न थालेको हो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka