समाचार

राजदूत तुम्बाहाम्फेविरुद्ध सञ्चारमन्त्रीसमक्ष कोरियामै गुनासो


Logo
Prawash Tv
०१ मंसिर, २०८२
राजदूत तुम्बाहाम्फेविरुद्ध सञ्चारमन्त्रीसमक्ष कोरियामै गुनासो

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दलीय आस्थाका आधारमा व्यवहार गर्ने गरेको गैरआवासीय संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाले आरोप लगाएको छ ।

दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाउँदै संघले राजदूत डा. तुम्बाहाम्फेले एमाले निकट नेपालीहरूलाई पहुँच दिएको जिकिर गरेको छ ।

सोलस्थित नेपाली दूतावासमा शुक्रबार भएको मन्त्री खरेलको दूतावास भ्रमणको अवसरमा कोरियामा रहेका नेपालीका समस्या समेटेर संघले ज्ञापनपत्र बुझाएको थियो । तत्कालीन गठबन्धन सरकारको कार्यकालमा डा. तुम्बाहाम्फे एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूत नियुक्त भएकी हुन् । वर्तमान सरकारले तत्कालीन सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाउककदा पनि  डा. तुम्बाहाम्फेलाई भने बोलाएको छैन ।

दूतावास भ्रमणका क्रममा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई आग्रह गरे ।

राजदूत डा. तुम्बाहाम्फेले सीमित कर्मचारी, गैरआवासीय नेपाल संघ (एनआरएनए)को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको भन्दै नेपाल र नेपालीको हक, हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।

सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सियोलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराए । उनले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरे ।

सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्  । उनले जेनजी प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रवाह गर्नुपर्नेमा जोड दिए ।

दक्षिण कोरियाको सियोलमा आयोजना भएको ११औं ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते त्यहाँ गएका हुन् ।




सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka