कांग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग छलफल गर्ने
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल सूचीकरण नगरी बन्द गर्ने सरकारको निर्णयबारे छलफल गर्ने भएको छ।
आज सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो विषयमा सरकारसँग संवाद गर्ने र त्यसपछि पार्टीको धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
बैठकले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय पनि गरेको छ।
सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको उपनिर्वाचन दल दर्ता नै आजको बैठकको मुख्य एजेन्डा भएको थियो। तत्काल केन्द्रीय समिति बैठक बोलाउन नसकिएकाले कार्य सम्पादन समितिले निर्णय गरेको र पछि केन्द्रीय समितिबाट अनुमोदन गरिने उनले बताइन्।