समाचार

दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी


Logo
Prawash Tv
२७ भदौ, २०८२
दिउँसोको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाएको छ। आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कर्फ्यु लागू हुनेछ।

दिउँसोको समयमा कर्फ्यु हटाएसँगै नेपाली सेनाले निषेधाज्ञा पनि केही खुकुलो बनाएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा लागु हुनेछ।

जेनजी प्रदर्शनका क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा कारण देखाएर निषेधाज्ञा क्रमशः खुकुलो बनाइएको हो। आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ भने ११ बजेदेखि साँझ ५ बजेसम्म पुनः लागू हुने जानकारी नेपाली सेनाले दिएको छ।

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनेसँगै काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सवारी साधनहरूको संख्या पनि बढी देखिएको छ।

सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि, भदौ २४ गते राति १० बजे नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो।

सुरुवाती चरणमा देशभर कर्फ्यु आदेश जारी गरिएको थियो, तर अहिले काठमाडौं उपत्यकामा मात्र कर्फ्यु सीमित गरिएको छ। उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यु र निषेधाज्ञा जारी गरेका छन्।

सरल भाषामा भन्नुपर्दा, निषेधाज्ञाको उद्देश्य मानिसहरूको भीडभाड रोक्नु हो भने कर्फ्यु भने आवतजावत र हिंडडुल पूर्णरूपमा बन्द गर्ने कडा आदेश हो



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka